You are viewing the translated version of पुनरावेदन दिन सक्ने.

Rule 7
पुनरावेदन दिन सक्ने
: (१) ऐनको दफा १६५ बमोजिम पुनरावेदन दिन चाहने व्यक्तिले सो दफा बमोजिमको अवधिभित्र अनुसूची-३ बमोजिमको ढाँचामा अदालत समक्ष पुनरावेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम पुनरावेदन दिँदा अदालतको मुकाम नभएको जिल्लाको हकमा सम्बन्धित श्रम तथा रोजगार कार्यालय मार्फत दिन सकिनेछ र श्रम तथा रोजगार कार्यालयले यसरी प्राप्त हुन आएको पुनरावेदनपत्र रीतपूर्वकको भए नभएको, जाँच गरी रीतपूर्वकको भए सो पक्षलाई अदालतमा हाजिर हुन जानु भन्ने व्यहोराको तारेख तोकी सोको निस्सा दिई त्यस्तो पुनरावेदनपत्र सहितको मिसिल यथाशीघ्र अदालतमा पठाई दिनु पर्नेछ।